ताजा समाचार

काठमाडौ महानगरपालिकाले रानीपोखरी पुनर्निमाणको जिम्मा नेपाली सेनालाई दिन अस्वीकार

काठमाडाै,१२ साउन । काठमाडौ महानगरपालिकाले रानीपोखरी पुनर्निमाणको जिम्मा नेपाली सेनालाई नदिइने स्पस्ट पारेको छ ।

शुक्रबार भएको २७औं बोर्डको बैठक अनुसार उपमेयर हरिप्रभा खड्की लगायत वडा सदस्यहरुले निर्माणको जिम्मा नेपाली सेनालाई दिने विषयमा प्रश्न उठाएका थिए । प्रश्नको जवाफ दिदै मेयर विद्यासुन्दर शाक्यले सेनालाई दिने विषयमा निर्णय नभएको जानकारी दिए ।

यस सम्बन्धी समाचार सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । २०७२ को भूकम्पले पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा मात्रै क्षति पुर्याएपनि यसलाई ‘ब्युटिफिकेसन’ गर्ने भन्दै आधुनिक निर्माण सामाग्री प्रयोग गरी पुनर्निमाण सुरु गरेपछि विवाद चर्केको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org