ताजा समाचार

डा.केसीसँगको सम्झौंता अक्षरस कार्यान्वयन गर्न,सरकारलाइ दवाव दिन सडकमा आए समर्थक

काठमाडौं १२, साउन । डा. गोविन्द केसीसँग गरिएको सम्झौंता अक्षरस कार्यान्वयन गर्न सरकारलाई शनिबारबाट दवाव दिन सुरु गरिएको छ ।

नागरिक समाजका अगुवाहरुले डा. केसीको माग सम्बोधन हुनेगरी नौं बुदे सम्झौंता गरेकोमा धन्यवाद दिँदै अक्षरस कार्यान्वयन गर्न सरकारलाई दवाव दिन सुरु गरेका हुन । शनिबार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा जम्मा भएका उनीहरुले डा. केसीको माग सम्बोधन गर्न साथ दिने सबैप्रति पनि आभार व्यक्त गरेका छन ।

अव सरकारले सो सम्झौंतालाई अक्षरस पालना गर्ने विश्वास समेत आफूहरुले लिएको नागरिक समाजका अगुवाहरुले बताएका छन । उनीहरुले डा. केसीसँगको सम्झौंता अनुसार कानुन निर्माणमा पनि ढिलाई नहुने विश्वास व्यक्त गरे ।

दवाव अभियानमा सहभागी भएकाहरुले ‘गोविन्द केसीसँग भएका सम्झौंता अक्षरस पालना होस्’ भन्ने कामनासहितको प्ले कार्डसमेत प्रर्दशन गरेका थिए । सरकारले गत बिहिबार डा. केसीसँग नौं बुदे सम्झौंता गरेपछि त्यसको सबै क्षेत्रबाट स्वागत गरिएको थियो । सरकारले सोही सम्झौता बमोजिम शुक्रबार संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org