ताजा समाचार

जनप्रतिनिधिमाथि कुर्सी प्रहार !

रुकुम (पूर्व) १३,साउन । रुकुम पूर्वमा जनप्रतिनिधिमाथि कुर्सी प्रहार भएको छ । जिल्लाको सिस्ने गाउँपालिका उपाध्यक्षसहितका जनप्रतिनिधिमाथि कुर्सी प्रहार भएको हो । सो गाउँपालिकाको-८ नम्बर वडा कार्यालयमा भइरहेको छलफलमा सहभागी उपाध्यक्ष गोवर्द्धन बुढा, ५ नम्बर वडाध्यक्ष शान्तेबहादुर विक, ६ नम्बर वडाध्यक्ष सुदन रेग्मीलगायत माथि कुर्सी प्रहार भएको छ।

 

सिस्ने गाउँपालिका ८ नम्बर वडामा उत्पादित विद्युत्‌को विषयमा छलफल गर्ने क्रममा आफूहरुमाथि हमला भएको रेग्मीले बताए। उनले शनिबार बेलुका जामाखोला लघु जलविद्युत् आयोजनालाई गाउँपालिका मातहत ल्याउने विषयमा छलफल भइरहेको बेला केही युवाले कुर्सी प्रहार गरेको रेग्मीले बताए। साविक स्यालापाखा गाविसमा निर्माण भएको उक्त आयोजनालाई गाउँपालिका मातहत लिने कि नलिने भन्ने विषयमा विवाद बढ्दै गएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org