ताजा समाचार

रुकुम पूर्वको जामाखोला जल विद्युत आयोजनाको विवादको कारण कुर्सी फालाफाल

रुकुम पूर्व १३, साउन । रुकुम पूर्वको सिस्ने गाँउपालिकाको वडा नम्बर-८, मा रहेको जामाखोला लघु जलविद्युत आयोजनामा विवाद उत्पन्न हुँदा जनप्रतिनीधिमाथी कुर्सी प्रहार भएको छ ।

जिल्लामा रहेका लघु जलविद्युत आयोजनालाई व्यवस्थित गर्दै लैजाने भन्दै वडा पालिकाको कार्यालय धपेमा बसेको बैठकमा विवाद उत्पन्न हुँदा कुर्सी हानाहानको अवस्था आएको जनाइएको छ । साविकको स्यालापाखा गाविसमा निर्माण भएको उक्त आयोजनालाई गाउँपालिका मातहत लिने कि नलिने भन्ने विषयमा विवाद बढ्दै गएको छ ।

स्थानिय समितिद्वारा संचालन भएका आयोजनालाई जिल्ला समन्वय समितिको रोहवरमा गठन भएको जिल्ला उर्जा समिति अन्तरगत लैजाने र सरकारीकरण गर्ने विषयमा भैरहेको छलफलमा मदिरा सेवन गरेर आएका केहि मानिसहरुले कुर्सी प्रहार गरेको गाँउपालिका उपाध्यक्ष गोबर्धन बुढा ‘क्षितिज’ ले जनाएका छन् ।

वडा नं-५, का शान्ते बिक, वडा नं-६, का सुदन रेग्मी र उपाध्यक्ष स्वयमलाई कुर्सी प्रहार गरेका एक हुल केटाहरु अराजक शैलीमा आएको बुढाले जनाएका छन् ।

नव भिजन सहकारीद्वारा संचालन गरिएको लवभिजन लघु जलविद्युतले जामाखोला लघु जलविद्युतलाई गाभ्ने सहमति नजिक पुगेका बेला स्थानिय बासिन्दाहरुले अवरोध खडा गर्ने देखिएपछि गाँउपालिकाको स्वामित्वमा दिने प्रायास थालिएको थियो । नव भिजन सहकारीद्वारा संचालन उक्त आयोजना घाटामा रहेकाले आयोजनाको भविष्य नै अन्याेलमा पर्ने भएकाले तत्कालै हस्तान्त्रन गर्न नसकिएको समेत बुढाले जानकारी दिएका छन् ।

आयोजनाको भविष्यलाई सुनुश्चित गर्ने क्रममा सरकारलाई स्वामित्व हस्तान्त्रण गरेर दिने कुरामा आम मानिस खुशि रहेपनि केहि मानिसहरु आफ्नो निहित स्वार्थका लागि लागि परेको उनले जनाए । त्यस्तै, देश संघियतामा गइसकेको र जिल्ला बिभाजनले समेत केहि समस्या उत्पन्न गरेको हो ।

आयोजना निर्माण गर्दा संयुक्त वडा थियो भने, वडाका सम्पूर्ण बासीन्दाले श्रमदान गरेर आयोजना निर्माण गरिएकाले समेत उनीहरुमा स्वभाविक चिन्ता परेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org