भूटानी शरणार्थीलाई पानीको समस्या
दमक १४, साउन । झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् ।
यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो । तर अधिकतम नदी दोहनका कारण खोलाले खानेपानीका पाइप बगाएपछि अहिले सो सुविधाबाट वञ्चित हुनुपरेको छ ।
दुम्से खानेपानी योजनाअन्तर्गत भूटानी शरणार्थीलाई पनि ४० प्रतिशत सुविधा दिने सर्तमा ती योजना सञ्चालनमा ल्याइएको दुम्से खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष हिमदल भण्डारी बताउछन् । त्यसअन्तर्गत हाल ५०० धारा जडान भइसकेको हो । हरेक वर्ष खोलामा आउने भेल बाढीले मुहानको पाइप बगाउने र क्षति पु¥याउने गरेपछि दमक–३ उत्तरी क्षेत्रका बासिन्दा र भूटानी शरणार्थीले खानेपानीको समस्या भोग्न बाध्य हुनुपरेको अध्यक्ष भण्डारी बताउछन् ।
दुम्से खानेपानीमा गत असारको अविरल वर्षा र बाढीका कारण तीनमध्ये दुई वटा मुहानमा क्षति पुगेको छ । मुहानको फिल्टर पाइप बगाएपछि प्रतिसकेन्ड १० देखि १२ लिटर ट्यांकीमा जम्मा हुने पानी हाल चार लिटरमा झरेको छ । ट्यांकीमा आवश्यक पानी जम्मा हुन नसकेपछि पानीको अभाव हुन थालेको हो ।
हालसम्म रु एक करोडभन्दा धेरै रकम खर्च भइसक्दासमेत पुग्दो र नियमित खानेपानी वितरण हुन सकेको छैन । भूटानी शरणार्थी दातृ निकाय यूएनएचसीआरको सहयोगमा विश्व लुथरन फेडरेशनले रु ४२ लाख, उपभोक्ताले रु १० लाख, दमक नगरपालिकाको रु २० लाखसहित पटक पटक मुहान मर्मत खर्च र पाइप विस्तार गरी रु एक करोडभन्दा धेरै खानेपानीमा खर्च भइसकेको छ । तर पनि यहाँका बासिन्दाले पर्याप्त र शुद्ध पानी पिउन नपाएको गुनासो स्थानीय मानबहादुर लिम्बूको छ ।
दमक–३ स्थित दुम्सेकी सरिता राई नजिकै रहेको मावा खोलाबाट पानी ल्याएर आफ्नो दैनिक गर्जो टार्ने गरेको बताउछिन् । राईको घर नजिकै पानीको धारापानी छ । तर पानी आउँदैन । जसका कारण अनेकौँ जोखिम मोलेरै भए पनि खोलाको धमिलो पानी उपभोग गर्न बाँध्य हुनपरेको राईको गुनासो छ ।
Comments
अरु समाचार
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...