ताजा समाचार

कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त, पद्मा अर्याल मन्त्रीमा बडुवा

काठमाडाैं १८, साउन । ने क पाका सांसद भानुणक्त ढकाल कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नियुक्त भएका छन् ।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुबारे दिएको विवादित अभिव्यक्तिका कारण शेरबहादुर तामाङले राजीनामा दिएपछि खाली रहेको कानुन मन्त्रीमा ने क पाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेलीले ढकाललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार स्वास्थ्य राज्यमन्त्री अर्यालको ठाँउमा डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाइने भएको छ । यादव महोत्तरी ४ बाट विजयी भएका हुन् ।

वर्तमान सरकार गठन भई दोस्रो चरणको विस्तारका क्रममा मन्त्रीको सूचीमा चर्चामा रहेको नाम थिययो भानुभक्त ढकाल । यसअघि तत्कालीन एमालेलको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका ढकालको अध्ययन कानुन नै हो ।

ढकालको नाम यसअघि सञ्चारमन्त्रीमा चर्चा गरिए पनि प्रदेश १ बाट लालबाबु पण्डित मन्त्री भइसकेको भन्दै पन्छाइएको थियो।

मोरङ ३ बाट निर्वाचित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन्। तेह्रथुमका ढकाललाई मोरङबाट चुनाव लडाइएको हो । ०७० मा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org