ताजा समाचार

गजल-आशमा वसे बरपिपल जस्तै सँगसँगै बसाैँला

गजल
बिझाउँछ मन चिरिन्छ छाती निदाउन नसक्दा
बिसन्चो छ कि सन्चै छाै भनी तिमीले नसोध्दा !!

बर्सन्छ पानी बादलै बिना अाँखाको डिलैमा
न सोची सम्झी कसैलाई पनि नराख्नु दिलैमा
शितको थोपा तप्केर झर्छ फूलको पातैमा
सोचेको थिएँ एकबारको जुनी बसैलाँ साथैमा !!
<

आशमा वसे बरपिपल जस्तै सँगसँगै बसाैँला
जीवन भरि प्रितीको माला मिलेर गासाैँला
तिम्रो र मेरो सम्बन्ध बिच विश्वासको थियो पुल
यतिको गाढा मायामा पनि कसरी भयो भुल !!

– केदार पनेरु

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org