जिल्ला अदालत चितवनमा फुजेल घटनाको बहस शुरु
काठमाडाैं २०, साउन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आज शुरु भएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस शुरु भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिए ।
कृष्णप्रसादको वि.सं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो । मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारवाही गर्न माग गर्दै तत्कालै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।
लामो समयसम्म कारवाही नभएपछि कृष्णप्रसादका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए । उनीहरु अनशनमा बसेको लामो समयपछि प्रहरीले २०७० साउनमा सो उजूरीबारे अनुसन्धान शुरु गरेको थियो । उजूरीमा किटिएकामध्ये केहीलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुनसकेको थिएन ।
नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो घटनामा १३ प्रतिवादी छन् । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नपुग्ने भन्दै अदालतले दुई जनालाई धरौटीमा छाडेको थियो ।
सो प्रारम्भिक आदेशपछि अन्य अभियुक्तले पनि फरक फरक समयमा उपस्थित भएर अदालतमा बयान दिएका थिए । बयान दिन आएकामध्ये केही साधरण तारेख र केही सामान्य धरौटीमा छुटेका थिए । सो मुद्दाका एक अभियुक्त रुद्र आचार्य विदेशमा छन् । उनी अदालतमा अझसम्म उपस्थित भएका छैनन् ।
चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि एक अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशानुसार गत असार २४ गते उनी सर्वोच्च अदालतसमक्ष हाजिर भएका थिए । अदालतले सोही दिन उनलाई डिल्लीबजार कारागार चलान गरेको थियो ।
सो मुद्दा हालसम्म पाँच न्यायाधीशले हेरिसकेका छन् । गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाई चितवन अदालतमा मुद्दा दायर भएको हो ।
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...