ताजा समाचार

अपहरित बालकको हत्या,प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

अपरहणमा परेका बालकको शव फेला

काठमाडाैं २१, साउन ।  भक्तपुरको ठीमीमा सोमबार प्रहरी इन्काउन्टरमा परी २ जना ‘अपहरणकारी’ को मृत्यु भएको छ।

महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार आइतबार साँझ काँडाघारीबाट अपरहणमा परेका बालकको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा  ठिमीमा  अपहरणकारी लुकेको सूचना आयो।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो  ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org