ताजा समाचार

चमेलीको खाजाघरका नियमित ग्राहक थिए,निसानको ‘हत्यारा’

काठमाडौं २१, साउन  । काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको खुलेको छ । उनलाई अपहरणपछि हत्या गरेर भाग्दै गरेका दुई जना सूर्यविनायकको पाइलटबाबा जंगलमा प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार मारिनेमा अजय तामाङ र गोपाल तामाङ छन् ।

निशानकी आमा चमेली काँडाघारीमा होटल चलाउँथिन् । सिन्धुपाल्चोक, ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

निशान आइतबार नै अपहरणमा परेका थिए । साँझ चमेली छोरा अपहरणमा परेको भन्दै फिरौती माग भयो । करोडबाट सुरु भएको बार्गेनिङ ४० लाखमा झरेको थियो ।

सोमबार मध्याहृन ठिमी ९ स्थित एक निर्माणधीन घरमाम गाडेको अवस्थामा बालकको शव भेटिएको छ । अपहरणकारी पाइलट बाबा जंगलतर्फ भागेको सूचनाका आधारमा गएको प्रहरीसँग मुठभेड हुँदा नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङ मारिएका छन् । प्रहरीका अनुसार उनीहरु दुबै चमेलीको खाजा घरमा नियमित आउँथे । चमेलीहरुलाई अर्डरअनुसार खाना तथा खाजा खुवाउँथिन् ।

तर, जसलाई उनले महिनौंसम्म खाना खुवाइन्, उनीहरुले नै निशानको ज्यान लिएको खुलेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org