ताजा समाचार

सुल्झियो नेपाल ल क्याम्पसको भर्ना विबाद

काठमाडाैँ २१, साउन ।  नेपाल ल क्याम्पसमा तिन वर्षे विए एल.एल.वि. प्रथम बवर्षको भर्ना सम्बन्धि सूचना क्याम्पस प्रशाशनले सार्वजनिक गरेको छ । पहिलो चरण मा प्रवेश परिक्षा मा सामेल हुने विद्यार्थीहरुको लागि २०७५ श्रावण २२ गते देखि भदौ २५ गते सम्म प्रवेश परिक्षा मा सामेल नहुने विद्यार्थीहरुको हकमा दोस्रो चरण छुट फुटको माध्ययमबाट भर्ना लिइने क्याम्पस प्रशाशनले जनाएको छ । एलएलवि प्रथम वर्षको लागि भर्ना शुल्क रु ८००० आठ हजार रुपैयाँ तोकिएको छ ।

करिव तिन महिना भन्दा लामो समय डिन कार्यलय, विद्यार्थी संगठन र क्याम्पस प्रशाशनको विवाद र हप्तै पिच्छे फरक फरक ढंगका डिन कार्यलयको सुचनाका कारण आजित भएका विद्यार्थीहरुका लागि वल्ल कानूनी शिक्षा आर्जन गर्ने बाटो खुल्ला भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org