ताजा समाचार

विमानस्थलबाट तस्करी गरेको आधा किलो सुनसहित एक पक्राउ

काठमाडाैँ २२, साउन ।  विमानस्थलबाट तस्करी गरेको करिब आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन्।

सुनसरी घर भई फैयाज आलमलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो।

उनले वैदेशिक रोजगारीमा जाने कामदारलाइ प्रयोग गरी सुन तस्करी गरेका थिए। उनीबाट सुनका ७ वटा चुरा र ५ वटा बेरुवा औंठी बरामद गरेको छ। ४ सय ५७ ग्राम बराबरको बरामद सुनका मूल्य २१ लाख ९४ हजार रुपैयाँ छ।

पक्राउ परेका आलमलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org