नयाँ रहस्य खुल्यो, अपहरणकारी डेराबाटै पक्राउ परेको घरबेटीको दाबी
काठमाडाैँ २२, साउन । काँडाधारीमा मारिएका बालक निशान खड्काका परिवारले क्षतिपूर्ति पाउने बाटो बन्द भएको छ । नयाँ फौजदारी कार्यविधि संहितामा अपहरणकारीहरुबाट पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था छ । तर, प्रहरीले अपहरणकारीलाई ‘इन्काउन्टर’ मा मारेको हुनाले निशानका आमाबुबाले क्षतिपूर्ति नपाउने भएका हुन् ।
नयाँ फौजदारी कार्यविधि भदौ १ गतेदेखि लागू हुँदैछ । शनिबार रातिको घटनामा प्रहरीले तहकीकात गर्दा ८/१० दिन लाग्ने भएकाले यो मुद्दा अदालतमा लगभग भदौ १ पछि पुग्न सक्थ्यो । त्यो अवस्थामा अपहरणकारी गोपाल तामाङ लगायतको जायजेथाबाट राज्यले निशानको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने हुन्थ्यो ।
तर, प्रहरीले अपहरणकारीलाई गोली हानेर मारिदिएपछि अब यो केसमा पीडितले क्षतिपूर्ति नपाउने स्थिति आएको छ । फौजदारी अपराधमा अपराधीसँगै उसको अपराध पनि मरेसरह मानिन्छ । त्यसैले यो केसमा प्रतिवादीको समाप्ति भएको छ ।
अपहरणकारीहरुबाट निशानको परिवारले कति क्षतिपूर्ति पाउने भन्ने कुरा अदालतले तय गर्नसक्थ्यो, जसको ‘च्याप्टर क्लोज’ भएको छ ।
कति सजायँ हुन्थ्यो ?
निशानलाई अपहरणपछि हत्या गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार नगरी कानुनी कारवाही चलाएको भए उनीहरुमाथि ज्यानसम्बन्धी महलले गर्ने सजायँका अतिरिक्त थप १५ वर्ष कैद र डेढ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने नयाँ कानूनमा व्यवस्था छ । ज्यान मारेको हुनाले अपहरणकारीमाथि सर्वस्वसहित जन्म कैद हुने थियो ।
प्रहरीको गोली लागी मृत्यु भएका गोपाल तामाङलाई मुख्य अपराधी भनिए पनि अर्का अजय तामाङ पनि अपहरणकारी नै हुन् या मतियार मात्रै हुन् भन्ने खुल्नै नपाई प्रमाण नष्ट भएको छ । कानून अनुसार मतियारलाई आधामात्रै सजायँ हुन्छ । तर, अजय तामाङ पनि मुख्य अभियुक्तसँगै मारिएका छन् ।
अपहरणकारीहरुलाई प्रहरीले भक्तपुरस्थित निजहरुको डेराबाटै प्रहरीले पक्रेको स्थानीयबासीको भनाइ छ । घरबेटी श्याम लबटले पनि उनीहरुलाई डेराबाट पक्रेर प्रहरीले पिट्दै नियन्त्रणमा लिएको बताएका छन् । लबटले भनेका छन्- ‘पछि एकदम पिटे क्या उनीहरुले । अनि मैले लेडिजलाई सोधें- के हो म्याम ? हिजो बच्चा अपहरणको केश छ, त्यही भएर आएको भनिन् । धेरै पिट्यो क्या ।’
स्थानीयको दाबी विपरीत प्रहरीले भने घ्याम्पेडाँडा जाने बाटोमा अपहरणकारीसँग दोहोरो फायरिङ भएको र इन्काउन्टरमा परेर मरेको बताएको छ ।
प्रहरीले अपहरणकारीहरुलाई मारेका कारण अब कानूनअनुसार पीडितले क्षतिपूर्ति पाउने सम्भावना चाहिँ लगभग सधैंका लागि सकिएको छ ।
अपहरणकारीको नियन्त्रणमा रहेका बालकलाई प्रहरीले बचाउन सक्ने अवस्था थिएन । तर, यो अपराधमा प्रहरीले बालकलाई मात्र होइन, प्रमाणलाई समेत बचाउन सकेन । अपहरणकारीलाई घुँडामुनिसम्म गोली हानेर नियन्त्रणमा लिइएको भए प्रमाण जोगिन सक्थ्यो र यो घटनाका अन्य पाटाहरु पनि खुल्ने थिए ।
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...