ताजा समाचार

डा. केसीले रुदै चेतावानि दिए,२दिनभित्र सम्झाैता कार्यान्वयन नभए फेरि अनसन बस्ने

काठमाडाैँ २२, साउन ।  चिकित्सा शिक्षा सुधारका निम्ति संघर्षरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग भएका पछिल्लो सम्झौता २ दिन भित्र कार्यान्यवन नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन्।

६ दिन लामो आसियुको बसाइसहित १३ दिनको अस्पताल बसाइ पछि मंगलबार डिस्चार्ज हुँदै डा.केसीले आफूसँग सम्झौता गरेको १३ दिन बितिसक्दा पनि सरकारले मन्त्रिपरिषद बैठकबाट सो सम्झौता अनुमोदन नगरेको भन्दै तुरून्त कार्यान्वयन गर्न चेतावनी दिएका हुन्।

‘मलाई विश्वास छ। सत्याग्रह टुंग्याउने बेला सरकारले गरेका नौ बुँदे सम्झौता अक्षरस पालना हुन्छ, नत्र १६ पटक अनसन बस्न म तयार भएर बसेको छु,’ केसीले भने।

उनले सरकारसँग भएका सम्झौताको कुनै पनि बुँदा संशोधन गर्न नपाइनेसमेत बताएका छन्।

‘सत्तारूढ दल तथा विपक्षी सांसदहरूले चिकित्सा शिक्षा संशोधन प्रस्ताव हालेका छन्। सत्याग्रह टुंग्याउने क्रममा भएका सहमति अक्षरस पालना गर्ने सहमति जनाएको पृष्ठभूमीमा

ती सम्झौतालाई तोडमोड गरी जारी भए कडा संघर्ष गर्न तयार छु,’ उनले भने।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org