ताजा समाचार

काभ्रेमा पहिरोले पुरिएर बालकको मृत्यु

काभ्रे २३, साउन  । पहिरोमा पुरिएर काभ्रेमा एक १८ महिने बालकको ज्यान गएको छ ।

मन्डन देउपुर नगरपालिका–१०, नारीनखर्चका हेमबहादुर तामाङको घरमाथि बुधबार बिहान २ बजे खसेको पहिरोमा पुरिएर  उनका १८ महिने छोरा दीपकको ज्यान गएको हो ।

घरमा रहेका अन्य २ जनाले भने भागेर ज्यान जोगाएका छन् ।

प्रहरीका अनुसार, १ सय मिटर माथिबाट खसेको लेदोले १ घर पूर्णरुपमा क्षति भएको छ भने २ वटा टिनको टहरा बगाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org