ताजा समाचार

देउवा सिंगापुर जाने भएपछि,संवैधानिक परिषदको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडाैँ २३,साउन ।  संवैधानिक परिषद्को आज बस्ने भनेको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस गर्न बस्ने भनिएको परिषद्को बैठक अर्को कुनै मिति तय नगरी स्थगित भएको गरिएको हो ।

परिषद्का सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपचारका लागि बुधबारै सिंगापुर जाने भएकाले परिषद्को बैठक स्थगित गरिएको हो । देउवा दिउँसो १ बजे श्रीमति आरजुसहित उपचारका लागि सिंगापुर जाँदैछन् ।

यसअघि उनी गत साउन ६ गते नै सिंगापुर जाने तया भएपनि गोविन्द केसी प्रकरणमा आन्दोलन उत्कर्षमा रहेकाले त्यसवेला देउवाले आफ्नो भ्रमण स्थगित गरेका थिए ।

नयाँ प्रधानन्यायाधीशका लागि यसअघि नै न्याय परिषद्ले दुई जनाको नाम परिषदमा पठाएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर राणा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org