ताजा समाचार

इन्काउन्टर मारिएका मृतकका परिवार पुगे मानव अधिकार आयोग

काठमाडाैँ २३, साउन । भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि उजुरी दिएका हुन् ।

पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका अजित तामाङ र गोपाल तामाङको परिवारले आयोगमा उजुरी दिएका छन् । उनीहरुले घटनाको सत्य तथ्य छानबिनका लागि आयोगसमक्ष आग्रह गरेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org