ताजा समाचार

सिक्टा सिंचाई आयोजनाको गुणस्तर छानविन गर्न अख्तियारले बनायो समिति

काठमाडाैँ २५, साउन ।    बाँके जिल्लामा निर्माणाधिन १२ अर्बको सिक्टा सिंचाई आयोजनाको मुल नहर पटक–पटक भत्किएको र गुणस्तरमाथि नै प्रश्न उठेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबारे अनुसन्धान गर्ने भएको छ ।

सह–सचिवको नेतृत्व रहनेगरी सिक्टा सिंचाई आयोजनाको गुणस्तर अनुसन्धान गर्न शुक्रवार पाँच सदस्यिय अनुसन्धान समुह गठन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उक्त आयोजना निर्माणमा हालसम्म भएको कामकारवाही र यसअघी आयोगबाट भएको अनुसन्धान कार्यलाई समेत एकिकृत गरेर विस्तृत अनुसन्धान गरिने बताईएको छ ।

नवगठित अनुसन्धान समुहले स्थलगत अध्ययन गरेर विस्तृत अनुसन्धान गर्ने अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org