ताजा समाचार

सकारात्मक चिन्तन नै राष्ट्रको उन्नति र प्रगतिको आधार हो : सभामुख महरा

काठमाडाैँ २५, साउन ।  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आध्यात्मिक ज्ञानलाई राष्ट्र र जनताको सेवामा लगाउनुपर्नेमा जोड दिएकाछन् । सभामुख महराले आध्यात्मिक ज्ञानलाई आफ्नो स्वार्थसिद्धीमा लगाउन नहुने पनि स्पष्ट पारे । उनले राजनीति गर्नेहरु देश र जनताको सेवामा समर्पित हुने पनि स्मरण गराए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख महराले सकारात्मक चिन्तन नै राष्ट्रको उन्नति र प्रगतिको आधार भएको तर्क पनि गरे । कार्यक्रममा नागरिकलाई सत्मार्गका अघि बढाउन अध्यात्मिक ज्ञानको आवश्यक्ता हुने धारणा पनि व्यक्त गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org