ताजा समाचार

६६ वर्षीय झाक्रीद्वारा बालकमाथि यौन दुव्र्यहार

काठमाडाैँ २६, साउन ।  कञ्चनपुरमा महिलामाथि बलात्कार र हत्याका घटना बढिरहेका बेला एक अर्को घटना बाहिरिएको छ । सुन्दा अच्चम लाग्न सक्छ, कञ्चनपुरमा एक पुरुषले साढे पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेका छन् ।

अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – भीमदत्त नगरपालिका–३ तिलपुरका ६६ वर्षीय गोपाल धामीले कञ्चनपुरको बेदकोट नगरपालिका-७ गाउजीका बालकको मुखमा लिंग घुसाएका हुन् । झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिङ्ग घुसाएर ‘माउथ सेक्स’ गरेको घरपरिवारले बताएका छन् ।

छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार दिउँसो घरमै बोलाएका थिए । बालकका बुबाले भने, ‘खाना खाएपछि झाँग्रीले चुरोट खाएर बालकसंग सुत्ने भनेपछि हामीले सुतेको बालकलाई धामीको कोखमै राख्यौँ ।’ धामीले जो कोही कसैका बालबालिका आफ्नै नातिनातिना जस्तै मान्छु भन्दै बालक आफैसंग सुताउन आग्रह गरेका थिए ।

दुई झापड हानेर प्रहरीलाई खबर गरेको बालकका बुबाले बताए । राती नै सिसैया प्रहरी चौकीले गोपाललाई घरबाटै पक्राउ गरेको थियो । पीडित अभिभावकले नाबालकमाथि यौन दुर्व्यवहार गरेको भन्दै कार्बाहीको माग गरेका छन् । सयममै अभिभावकले थाहा पाएपछि ती बालक ठुलो दुर्घटनाबाट जोगिएका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org