ताजा समाचार

७० वर्षीय वृद्धद्वारा ९ वर्षीया बालिका बलात्कृत, रोकिएन बलात्कारको घटना

झापा २६, साउन । झापामा एक वृद्धबाट ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको अर्जुनधारा-११ मा ७० वर्षीय एक वृद्धबाट ९ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

सानीआमाको घरमा बस्दै आएकी ती बालिका शुक्रबार दिउँसो बलात्कृत भएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी कृष्ण कोइरालाले जानकारी दिए । ती वृद्धले बालिकालाई घरमा कोही नभएको मौका छोपी बालिकालाई गोठमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना दिउँसै भएको भए पनि प्रहरीमा भने ढिलो गरि खबर पुगेको कोइरालाले बताए । पीडक बृद्धलाई प्रहरीले नियन्त्रणमा लिइसकेको ।

पीडित बालिकाको विर्तामोडको मनमोहन अस्पतालमा उपचार भइरहेको डिएसपी कोइरालाले बताए । एक हप्ताको अन्तरालमा अर्जुनधारामा यो दोस्रो बलात्कारको घटना हो । यसअघि गत साउन १६ गते अर्जुनधारा-२ की ४ वर्षीया बालिका १५ वर्षीय बालकद्वारा बलात्कृत भएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org