ताजा समाचार

तम्घासमा ११५ लिटर घरेलु मदिरा नस्ट

गुल्मि २७, साउन ।   जिल्ला प्रहरी कार्यालय गुल्मीले एकैदिन १ सय १५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

घरेलु मदिरा नियन्त्रण अभियान चलाउँदै आएको गुल्मी प्रहरीले सदरमुकाम तम्घासमा मदिराको कच्चा पदार्थ २ हजार ६० लिटर र तयारी मदिरा १ सय १५ लिटर बरामद गरेको थियो ।

 

सदरमुकाम तम्घासस्थित रेसुंगा नगरपालिकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दिपककुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले तम्घास बुढाथोकी बसपार्क, उदिनढुंगा र मदाने गाउँपालिका ६ को पुर्कोटदहका बिभिन्न स्थानबाट घरेलु मदिरा र उक्त मदिरा बनाउन प्रयोग हुने सामग्री बरामद गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org