टानको अध्यक्षमा भुजेल निर्वाचित
काठमाडाैँ २७, साउन । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भुजेलले प्रतिस्पर्धी भोजकुमार श्रेष्ठलाई ११ मतान्तरले पछि पार्दै तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
११९ मत रहेको टानमा अध्यक्षमा निर्वाचित भुजेलले ६४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ५३ मत प्राप्त गरे । बाँकी २ मत भने बदर भएको निर्वाचन समितिले बताएको छ ।
समितिको प्रथम उपाध्यक्षमा सुशीलराज पौडेल बिजयी भए । उनी प्रतिस्पर्धी विश्वराज अधिकारीलाई ९ मतले पछि पार्दै बिजयी भएका हुन् ।
पौडेलले ६३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी विश्वराज अधिकारीले ५४ मत प्राप्त गरे ।
द्वितीय उपाध्यक्षमा ५३ मत ल्याएर धर्मराज पन्थी बिजयी भए । उनका निकटम प्रतिस्पर्धी दिवस लामिछानेले ४४ र श्यामकृष्ण थापाले १७ मत प्राप्त गरे ।
समितिको सचिवमा जीवनराज सापकोटा ५२ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिष्पर्धी रामचन्द्र अधिकारीले ४० र मिलन तिवारीले २३ मत प्राप्त गरे ।
सहसचिवमा उदय सुवेदी ६९ मत ल्याउँदै बिजयी भए । उनका निकटतम प्रतिष्पर्धी थानेश्वर बरालले ४४ मत प्राप्त गरे ।
कोषाध्यक्षमा सबैभन्दा फराकिलो मतान्तर ५५ मतले पछि पार्दै कृष्णप्रसाद आचार्य बिजयी भए । बिजयी आचार्यले ८१ मत प्राप्त गरे भने निकटतम प्रतिष्पर्धी किसमकुमार गुरुङले ३६ मत प्राप्त गरे ।
समितिको सदस्यमा प्रकाश बस्ताकोटी (८६), विश्वहांग राई (७२), राधिका पौडेल (७२), कालीबहादुर नेम्वाङ (७१), विकास गुरुङ (६९) र रेशम अधिकारी मत ल्याएर बिजयी भए ।
Comments
अरु समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...
-
गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य
काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२...