ताजा समाचार

प्रधानमन्त्रीको मिडियाप्रति गुनासो:केहिले प्रेस स्वतन्त्रताको दुरपयोग गरे

नेकपा लोकतन्त्रको जन्मदाता हो ।

काठमाडाैँ २७, साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्र,प्रेस स्वतन्त्रता र मानअधिकारप्रति प्रतिवद्ध रहेको दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको मिडिया सोसाइटीको नवनिर्वाचित नेतृत्वसँग उनले मिडियाको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन् ।

प्रधानमन्त्रीले भने- ‘एकछिन सरकारप्रति पूर्वाग्रही नभएर सोचौं, माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ? अनि यसलाई देखाएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रताविरोधी करार गर्न खोज्ने ? नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन हुने कुरा कल्पना गर्न पनि सकिन्न ।

प्रधानमन्त्री ओलीले कसैको नाम नलिई केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेको भेटमा सहभागीले बताए ।

‘अहिले लेखिएका कुरा २० बर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै उनले सहभागीले भने ।केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरे ।

‘अहिले लेखिएका कुरा २० बर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

१० बर्षमा नेपालको कायापलट गर्न सकिने भन्दै कृषिमा आश्रित जनसंख्यालाई दुईबर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कयौं गुणा बढाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org