ताजा समाचार

जनता बैंकको नयाँ शाखा नवलपरासीको बौदीकालीमा, शाखाबाट आजैदेखि कारोवार संचालन

काठमाडाैं २८, साउन । ११२ आैं शाखाका रुपमा जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँमा खोलिएको शाखाले सरकारको सबै स्थानिय तहमा बैकको पहुँच पुर्याउने योजनामा टेवा पुग्ने बैकले विश्वास लिएको छ ।

नवलपरासी जिल्ला तराईमा पर्ने भएपनि विकट गांउँहरुका मानिस बैंकिङ कारोवार र्नका लागि राजमार्ग आसपास आउनै पर्ने कुराको अन्त्य हुने भन्दै शखाको विस्तार गरिएको बैकद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

यसका साथै, ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् ।

यस्तै, बैंकले देशैभरी फैलिएका यस बैंकको १२२ शाखा, ७० एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org