ताजा समाचार

बेलभञ्ज्याङ बस र ट्रक ठोक्किए, १६ जना घाइते

काठमाडाैँ ३०, साउन । बस र ट्रक एकआपसमा ठोक्किँदा तनहुँमा १६ जना घाइते भएका छन् ।

दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो ।

 

गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org