दाङको घोराहीमा पार्क निर्माणको शुरुवात
दाङ ३०, साउन । घोराही उपमहानगरपालिका–१ मालझाँक्री सामुदायिक वन उपभोक्ता समूहले खाली रहेको जमीनमा वृक्षरोपण गरी पार्क निर्माण गर्न कामको थालनी गरेको छ । वन समूहले आफ्नो कोषको रु पाँच लाख र दुई लाख बराबरको जनश्रमदानबाट पार्क निर्माणका लागि तारबारसहित वृक्षरोपण गरेको छ ।
घोराही उपमहानगरपालिका–१ सिमलतारास्थित भूतेरह चौरमा रहेको एक हेक्टर बढी क्षेत्रफलमा तारबारसहित वृक्षरोपण गरेको समूहका अध्यक्ष रुद्रमणि पौडेलले जानकारी दिए । एक हेक्टर वन क्षेत्रमा टिक, मसला, खयर, सिमललगायतका प्रजातिका एक हजार ६०० बढी बिरुवा रोपिएका छन् ।
वृक्षरोपणका लागि चाहिने बिरुवा जिल्ला वन कार्यालय र घोराही उपमहानगरपालिका–१ को कार्यालयले उपलब्ध गराएका छन् । वृक्षरोपणपछि उक्त क्षेत्रलाई चरिचरनबाट रोकी संरक्षण गर्नका लागि तारबार गरिएको छ । १४७ वटा सिमेन्टका पोल गाडी त्यसमा १३ क्विन्टल काँडे तारबार गरिएको समूहका कार्यालय सचिव नारायण शर्माले जानकारी दिए ।
घोराही–हासीपुर सडकखण्डअन्र्तगत घोराहीदेखि करीब १० किलोमिटरको दूरीमा पर्ने उक्त क्षेत्रलाई पर्यटकीय दृष्टिले विकास गर्न सकिने योजनाअनुसार वडा कार्यालयलगायत सरोकारवाला सबैसँग समन्वय गरी पार्क निर्माणको लक्ष्यअनुसार काम थालिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
उनका अनुसार सदरमुकामदेखि नजिकै रहेको उक्त स्थानलाई पार्क निर्माण गरी आन्तरिक पर्यटकको ल्याउने दीर्घकालीन योजनाअनुसार काम थालिएको छ । वन पैदावार बिक्री गरी सङ्कलन गरिएको करीब रु पाँच लाख वन क्षेत्रकै संरक्षणका लागि वृक्षरोपणमा खर्च गरिएको बताइएको छ । सो समूहको आम्दानीबाट स्थानीय आधारभूत माध्यमिक विद्यालय सञ्चालनमा सहयोग गरिएको छ ।
Comments
अरु समाचार
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...