पहिरोले चार घर पुरिए, एघार घर जोखिममा
बेनी ३०, साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा गएरातिको पहिरोले चार घर पुरिएका छन् । वर्षासँगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन, सिजमान पुन र नोठबहादुर पुनको घर पुरिएको हो ।
रुमदेखि खबाङ जाने मोटरबाटो छेउबाट खसेको पहिरोले घर पुरिए पनि बिहानपख पहिरो गएकाले भागदौड गरी स्थानीयले ज्यान जोगाएको स्थानीय व्यवसायी काशीराम पुनले जानकारी दिए । पहिरोले चार घरभित्र रहेका खाद्यान्न, लत्ताकपडालगायत सबै सामान पुरिएको उनले बताए ।
बिलबाङमा साना ठूला पहिरोबाट ११ घरधुरी थप उच्च जोखिममा परेका छन् । काशीराम पुन, बुद्धिराम पुन, दलबहादुर पुन, मनमान पुन, तमबहादुर पुन, हर्कलाल रोका, तुलबहादुर रोका, तुलप्रसाद पुन, बलबहादुर घर्ती, जुद्धमान पुन, महेन्द्र पुनको घर जोखिममा परेका छन् ।
पहिरोमा परेर घाइते भएका आमा छोरा मीराकुमारी पुन र वसन्त पुनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । पहिरो गएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको र क्षतिको अवस्थाबारे गाउँपालिका र सुरक्षा निकायलाई जानकारी गराइएको वडाध्यक्ष नरबहादुर पुनले बताए ।
पहिरो प्रभावित भएका स्थानमा नजीकका पोष्टबाट प्रहरी परिचालन गरी क्षतिको विवरण सङ्कलन र उद्धारमा खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...