उत्तर कोरियाली नेतालाई रुसी राष्ट्रपतिको निमन्त्रणा
सोल ३०, साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार हुनु भएको छ । पुटिनले छिटै किमसँग भेटघाट गर्नुहुने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन् ।
पुटिनले उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई अगामी जुन महिनामा रुसको भ्लादिभोस्तोकमा हुन गइरहेको आर्थिक मञ्चमा निमन्त्रण गरेका छन् ।
उत्तर कोरियाली नेता किमले भने यस निमन्त्रणाबारे कस्तो प्रतिक्रिया देखाउनु हुन्छ प्रष्ट भएको छैन । कोरियाली स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति पुटिनले पठाएको सन्देशमा नेता किम सम्मेलनमा भाग लिनु हुने आकाङ्क्षा व्यक्त गरेका छन् ।
“जतिसक्दो चाँडो किमसँग भेटघाट गरी द्वीपक्षीय सम्बन्ध र क्षेत्रीय मामिलाका विविध विषयमा छलफल गर्न तयार छौं,” राष्ट्रपति पुटिनको भनाई उद्धृत गर्दै उत्तर कोरियाको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । तर सन्देशमा भेटघाटको यकिन मिति भने दिइएको छैन ।
दक्षिण कोरियाको पनि सहभागितामा आपसी समन्वयसहितको त्रिकोणीय परियोजनाको थप विकास हुने पुटिनले आशा गरेका छन् ।
किमले पनि पुटिनलाई सन्देश पठाएका छन्, तर पत्रमा पुटिनको निमन्त्रणाको विषयमा किमले कुनै प्रतिक्रिया दिएका छैनन् ।
कोरियाली प्रायःद्वीपमा शिध्र रुपमा कुटनीतिक सम्बन्ध सामान्य हुनुको पछाडि किमले दुई पटकसम्म दक्षिण कोरियाली राष्ट्रपतिसँग भेटघाट गर्नु तथा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाट रहेको बताइन्छ ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...