ताजा समाचार

गुल्मीमा फरार अभियुक्त पक्राउ

गुल्मी ३,भदाै ।  जिल्ला प्रहरी कार्यालय गुल्मीले ठगी मुद्दामा फरार अभियुक्त घनश्याम अर्याललाई पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका- १० सिमीचौर निवासी ३८ वर्षीय अर्याललाई उनकै घरबाट पक्राउ गरिएको हो ।

अर्यालललाई काठमाडौं जिल्ला अदालतले ०७४ फागुन २१ गते ठगी मुद्दामा २ वर्ष कैद र ७४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर उनी फरार थिए ।
अर्याललाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निक्षक शिबबहादुर खत्रीले जानकारी दिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org