ताजा समाचार

पूर्व राजदूत झा आफ्नै घरमा मृत्त अवस्थामा फेला

काठमाडाैं ४, भदाै । फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा मृत्त अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामाका अनुसार झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार झा बसेको कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुगेर त्यहाँको ढोका खोल्दा झा मृत्त अवस्थामा फेला परेका थिए ।

उनीसँगै एउटा चक्कु पनि फेला परेको छ ।

करीब ८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको लामाले रातोपाटीलाई बताए ।

परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झा फ्रान्समा नेपालका तर्फबाट ‘चिफ अफ प्रोटोकल’  राजदूत हुने पहिलो व्यक्ति हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org