ताजा समाचार

ट्रकको ठक्करबाट चितवनमा २ जनाको मृत्यु

चितवन ५,भदाै ।   ट्रकको ठक्करबाट चितवनमा गएराति २ जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन सकेको छैन ।

वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठेलामा पानी तान्ने पम्प राखेर सडकमा हिँडिरहेका बेला उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।

यस्तै तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको रा१ख १५७३ नं को ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका– २९ पन्ध्रकिलोमा ट्रक सडकबाट त्रिशूली नदीमा खसेको हो ।

घाइते चालक र सहचालकलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org