ताजा समाचार

गृह जिल्लामा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन

झापा ६, भदाै ।  गृहजिल्ला झापाको गौरादहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई नागरिक अभिनन्दन गरिएको छ ।

प्रधानमन्त्री बनेपछि दोस्रो पटक गृहजिल्ला आएका ओलीलाई नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नं ५ ले आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका र स्थानीय सङ्घसंस्थाद्वारा नागरिक अभिनन्दन गरिएको हो ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतलगायतको सहभागिता छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org