ताजा समाचार

‘उद्योगीलाई प्रोत्साहन नगरेसम्म राज्यको विकास हुँदैन: अध्यक्ष प्रचण्ड

काठमाडाैं ७,भदाै ।  ने क पा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी व्यवसायीलाई राज्यले जथाभावी ‘कस्न’ नहुने बताएका छन् ।

राज्यले उद्योगी व्यवसायीलाई राष्ट्र सेवकको रुपमा कम र नाफाखोरीको रुपमा बढी हेर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई राज्यले प्रोत्साहित गर्नुपर्ने बताए ।

बिहीबार पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको आठौँ वार्षिकोत्सव कार्यक्रममा प्रचण्डले उद्योगी व्यवसायीलाई प्रोत्साहन गरेपछि मात्र देशको आर्थिक विकास हुनसक्ने धारणा राखे । उनले भने, ‘उद्योगीलाई प्रोत्साहन नगरेसम्म राज्यको विकास हुँदैन । विकासका निम्ति चाहिने नीति नियम बनाउनुपर्छ त्यो आवश्यक छ तर उद्योगी व्यवासायीको मार्कालाई पनि बुझ्नुपर्छ ।’

प्रचण्डले अहिले उद्योगी व्यवासायी मर्कामा परेको गुनासो आइरहेको भन्दै यसबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने समेत बताए ।

राज्य नियन्त्रणकारी र दमनकारी भयो भने लक्ष्य पूरा नहुने भन्दै उनले यस विषयमा सरकारसँग कुरा गर्ने बताए ।

जनताको चाहना र अपेक्षा ठूलो तर त्यो अनुसार राज्यले केही गर्न नसकेको प्रचण्डको गुनासो थियो ।

‘व्यवसायीहरु ठग हुन् भन्ने अवस्था सृजना गर्नुहुँदैन,’ उनले थपे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org