ताजा समाचार

वानेश्वर र कोटेश्वरमा ‘अण्डरपास वे’ डिजाइनका लागि ग्लोबल टेण्डर आब्हान

काठमाडौं ८,भदाैं । चीन सरकारको सहयोगमा कलंकी चोकमा निर्माण भएको जस्तै ‘अण्डरपास वे’ उपत्यकाका अन्य दुर्इ स्थानमा बनाइने भएको छ।वानेश्वर र कोटेश्वरमा अण्डरपास वे बनाउने प्रकृया अघि बढेको छ।

विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान गरिसकेको छ।डिजाइनका लागि आवेदन दिएका परामर्शदाता कम्पनीहरुको मूल्याङकन भैरहेको सडक विभाग पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।उनका अनुसार छनौंट भएको कम्पनीले छ महिनामा अण्डरपासको डिजाइन तयार पार्ने छ।

त्यसपछि निर्माणको प्रक्रिया नै अघि बढाउने विभागको तयारी छ।निर्माण थालेको तीन बर्षमा गाडी कुदाउनका लागि तयार पार्ने योजना छ।एउटा  अण्डरपास बनाउनका लागि १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।त्यसै गरि महाराजगंज चोकमा भने चक्रपथ विस्तारकै क्रममा चीन सरकार आफैले अण्डरपास बनाउनेछ।

पाँच स्थानमा ‘ओभरहेड ब्रिज’
सडक विभागले उपत्यकाका विभिन्न स्थानमा ‘ओभरहेड व्रिज’ बनाउने भएको छ।

उपत्यकाको बानेश्वर,थापाथली,कालिमाटी,जावलाखेल,कोटेश्वर लगायतका स्थानमा ‘ओभरहेड व्रिज’ बनाउन लागिएको विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए।उनका अनुसार कोटेश्वर र बानेश्वरमा बन्ने व्रिजको डिजाइनको काम भइरहेको छ।दुबै स्थानमा चालु आर्थिक वर्षभित्रबाटै व्रिज बन्ने उनले बताए।

विभागका अनुसार उपत्यकाका करिव ४० स्थानमा ‘ओभरहेड व्रिज’ बनाउनका लागि विभागमा निवेदन परेको थियो।ती निवेदन परेका मध्येबाट अत्यन्त धेरै पैदल यात्रुको चाप भएका र अत्यावश्यक ठाउँहरुमा ‘ओभरहेड व्रिज’ बनाउन लागिएको विभागले जनाएको छ।डिजाइन तयार भएपछि मात्रै लागत थाहा हुने विभागले जनायो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org