ताजा समाचार

प्रकाण्ड फेरी पक्राउ परे,विप्लव आक्रोशित हुदै यस्तो विज्ञप्ती जारी गरे (विज्ञप्ती सहित)

काठमाडाैं ८,भदाै ।   सर्वोच्च अदालतको आदेशपछि नेकपा प्रवक्ता प्रकाण्डलाई प्रहरीले फेरि पक्राउ गरेको भन्दै  विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लव आक्रोशित बनेका छन् ।
उनले बिहिबार राती जारी गरेको विज्ञप्तिमा श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् ।
विप्लवले भनेका छन्, ‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुनेछौं ।’

विप्लवले प्रहरीले पार्टीका नेता तथा कार्यकर्तालाई दिनदिनै  अपहरणको शैलीमा पक्राउ गरी वेपत्ता बनाउने काम गरिहरेको समेत आरोप लगाएका छन् ।  भदौ ५ मा पक्राउ परेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई पक्राउ गरी वेपत्ता बनाएको नेकपाको दाबी  छ । यस्तै पोलिटब्यूरो  सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरु किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता कार्यकर्ता पक्राउ परेको नेकपाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org