ताजा समाचार

गित-झस्किन्छु म कहिले कहीँ अाफ्नै छाँया देख्दा

                     गित

झस्किन्छु म कहिले कहीँ अाफ्नै छाँया देख्दा
चस्किन्छ मन आफन्तको पिडाहरू लेख्दा

हिँड्दाहिँड्दै ढलि जाने शरीरको के भर
बाँचुन्जेल नि ढुक्क भइ बस्ने को नै छर
डराउँछु म कहिले कहीँ आफ्नै जमिन टेक्दा
चस्किन्छ मन आफन्तको पिडाहरू लेख्दा

भुमरीमा परेको पात जस्तो जिन्दगानी
यता बग्यो उता जान्छ कस्तो बेइमानी
हराउँछु म कहिले कहीँ आफ्नै घर भेट्दा
चस्किन्छ मन आफन्तको पिडाहरू लेख्दा !!

                                       -केदार पनेरु 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org