ताजा समाचार

घरबाटै अपहरणमा परेका ८महिनाका शिशुको शव भेटियो

महोत्तरि ११,भदाै ।  जिल्लाको औरही नगरपालिकाबाट घरबाटै चोरिएकी ८ महिने शिशुको शव भेटिएको छ ।

औरही नगरपालिका–१ स्थित एक बगैंचामा शिशुको शव भेटिएको हो । शिशुको शव भेटिएको औरही–१ का वडाध्यक्ष राजकिशोर चौधरीले पुष्टि गरे ।

स्थानीय सन्तोष चौधरीको पसल बाहिरबाट ८ महिनाकी छोरी सोनाली कुमारीको चोरी भएको थियो ।

एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यको भनाइ थियो ।

गत माघमा पनि वीरगन्ज उपमहानगरपालिका–१, छपकैयाकी आशादेवी र मुकेश पासवानको शिशु चोरी भएको थियो । तर, प्रहरीले ३ दिनपछि उक्त बच्चा फेला पारेको थियो ।

प्रहरीले शिशुको अपहरणपछि हत्या भएको हुन सक्ने बताएको छ ।

सम्बन्धित सामाचार
महोत्तरीमा आठ महिने बालिका अपरहण

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org