ताजा समाचार

करेन्ट लागेर कर्मचारीको मृत्यु

दाङ ११,भदाै । करेन्ट लागेर आज एक कर्मचारीको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ अमर माध्यमिक विद्यालयमा कार्यरत कर्मचारी ४५ वर्षीय जोगिलाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । विद्यालयले उरहरी चोकमा व्यानर टाँसने क्रममा चौधरी करेन्ट लागेर घाइते भएका थिए । उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org