८ महिने शिशुको हत्याको विरोध,महोत्तरीमा बजार र सडक बन्द
महोत्तरी १३,भदाै । आठ महिने शिशुको अपहरणपछि हत्या भएको विरोधमा स्थानीयबासीले महोत्तरीको बर्दिवास-औरही-जलेश्वर सडक खण्ड अवरुद्ध पारेका छन् । उनीहरुले बजार पनि बन्द गराएका छन् ।
बजार पूर्णरुपमा ठप्प छ । गाडीहरु पनि चल्न सकेका छैनन् ।
औरही नगरपालिकाका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनाली कुमारी गत आइतबार हराएकी थिइन् । सन्तोषको पसलबाटै भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहले शिशुलाई चोरेर लगेको प्रहरीले जनाएको छ । रक्षाबन्धनको दिन पसलमा सामान किन्ने मान्छेहरु आएको मौका छोपी भरतले सन्तोषलाई चिन्छु, भन्दै छोरीलाई काखमा बोकेको र खेलाउँदाखेलाउँदै लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सीसीटिभी फुटेजमा साहले नै शिशुलाई बोकेर लगेको देखिएको प्रहरीको भनाइ छ ।
शिशुको शव भोलिपल्ट भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानामा फेला परेको थियो ।
तर, प्रहरीले भरतलाई पक्रन नसकेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै आएका छन्
Comments
अरु समाचार
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...