आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्रौँ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७।३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको हो ।
योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्र्राँ योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए । उनका अनुसार आव २०७९÷८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५÷८६ सम्म ७.३ प्रतिशत पु¥याउने लक्ष्य छ ।
उनका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ । सार्वजनिक सोह्रैँयोजनाका लक्ष्य अनुसार गरिबीको रेखामुनी रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।
यसैगरी उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा झर्ने लक्ष्य रहेको छ । तथ्याङ्क अनुसार मानव विकास सूचनाङ्क ०.६०१ बाट बढाएर ०.६५ पुर्याउने लक्ष्य रहेको छ । मानव सम्पत्ति सूचनाङ्क ७६.३ बाट ७८ पुर्याउने लक्ष्य रहेको छ । आर्थिक तथा वातावरणीय जोखिम सूचनाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य पनि तय भएको छ ।
यसैगरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पुर्याउने लक्ष्य रहेको छ । ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पुर्याउने लक्ष्य रहेको छ । उच्च मध्यमस्तरको खानेपानीको पहुँच भएको घरपरिवार २५।८ बाट ४५ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ । साक्षरता दर ७६।२ बाट ८५ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ । सोह्रौँ योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करिब रु एक सय ११ खर्ब लाग्ने भएको छ ।
Comments
अरु समाचार
-
पाथिभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, पहिचानको प्रवर्द्धन गर्छ : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गर्नुभएको छ ।...
-
प्रदेशहरूको बजेट खर्च निराशाजनक: छ महिनामा १६ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार...
-
पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने...
-
खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः ५० लाख बराबरको क्षति
काठमाडौं । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा...
-
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
काठमाडौं । सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ। शनिबार अहिले बिहान आगलागी भएको हो। प्रहरीले आगलागी नियन्त्रणमा...
-
कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाए
न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले...
-
एसियन एम्पुटी फुटबलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै
काठमाडौं– एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे बङ्गलादेशको ढाकास्थित...
-
आजको राशिफल: २०८१ माघ २६ गते शनिवार
मेष दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। हडबड गर्ने बानीले पनि काम बिग्रन...
-
बैंकिङ क्षेत्रसम्बन्धी अफवाह र त्रास फैलाउनेलाई कारबाही गर्न माग
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था सम्बद्ध संस्थाहरूले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न तथा अफवाह र त्रास फैलाउनेलाई कानूनी कारबाही गर्नका...