ताजा समाचार

नारायण काजिले रन्किदै भने, वामदेवलाई डोल्पाबाट सांसद बनाए मलाई चाँहि रोल्पा कि कता ?

काठमाडाैं १३,भदाै । नेपाल कम्युनिष्ट पार्टीमा नेता वामदेव गाैतमलाई सांसद बनाउने बारेमा चर्कै बहस छलफल चलेपछि अन्ततः उनी डोल्पाबाट चुनाव लड्ने पक्कापक्की भएको छ ।

उनी नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हुन् । प्रतिनिधिसभाको सदस्यमा बर्दिया १ बाट पराजित भएका गौतमलाई डोल्पाबाट उपनिर्वाचन गराएर सांसद बनाउने तयारी स्वरुप अहिले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई डोल्पामा जनतासंग राय सुझाव माग्न पठाइएको छ ।

बुढाले डोल्पामा आफ्नो निर्वाचन क्षेत्रमा जनतासंग भेटघाट गरेर पार्टीको निर्देशनको बारेमा जनतालाई जानकारी गराउदै गर्दा डोल्पाली जनताहरु फाल्गुनसम्म राजीनामा नदिएर बस्न सुझाइरहेका छन् । बुढाका अनुसार आफू पार्टीले अह्राएको काममा लाग्ने र एक कम्युनिष्ट कार्यकर्ता भएकाले जनताको कुरा सुनेर राजीनामा दिने जनाएका छन् ।

गौतमलाई सांसद बनाउन नेकपाका अर्का अध्यक्ष प्रचण्डले बढी जोड गरेकाले ओलीले पनि सहमति जनाइ सकेका छन् । यता वामदवले संसदमा वामदेवको आवश्यकता रहेको र आफू जस्तो नेता नहुनाले संसदमा कुरा नमिलिरहेको जनाउँदै आएका छन् ।

तर, स्रोतका अनुसार नारायणकाजी श्रेष्ठले ‘गौतमलाई डोल्पा हो भने मलाई रोल्पा हो कि कता हो, ठाउँ देखाउनु पर्याे’ भनेर बैठकमै गुनासो गरेका थिए । तर एकता हुनुभन्दा पहिले प्रधानमन्त्री ओली र श्रेष्ठबीच सम्बन्ध राम्रो भएपनि पछिल्लो समयमा दुरी बढेको छ ।

आेलीले डा. गोविन्द केसीलाई भेट्न गएको बारेमा बालुवाटारमै दुई नेताबीच चर्काचर्की समेत परेको थियो । यसै कारण श्रेष्ठले नेकपाको प्रवक्ताबाट राजीनामा समेत दिएका थिए । श्रेष्ठले केहि सार्वजनिक कार्यक्रममै आेलीले आफूलाई कुराएर कम्युनिष्टमा हुनु पर्ने गुण समेत गुमाउन खोजेको आरोप लगाएका थिए ।

श्रेष्ठ गोर्खाबाट नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसंग पराजित भएका थिए । उनी आफू पनि संसदमा जाना पाउनु पर्ने सोचमा तीब्र लविङ गरिरहेको स्रोतले जनाएको छ ।

अहिले ओली गौतमललाई सांसद बनाएर श्रेष्ठलाई साइजमा ल्याउने रणनीतिमा लागेको आेली निकट स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org