ताजा समाचार

सरकारको अवरोधका बाबजुत ठाकुरले गरे मोदीको भव्य स्वागत

काठमाडाैं १४, भदाै । काठमाडाैंमा जारी विस्मटेक सम्मेलनमा भाग लिन आइपुगेका भारतीया प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न पुगेका युवालाई प्रहरीले हस्तक्षेप गरेर रोकेको छ । मोदीको स्वागतमा हिडेका युवालाई प्रहरीले माथीको आदेश भन्दै रोकेको हो ।

मोदीको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तर्फ हिँडेका नेपाल फाउन्डेसनका युवाहरुलाई प्रहरीले बाटैमा रोकेपछि उनीहरुले सरकार प्रति गुनासो गरेका छन् । मोदीको तस्विर अंकित जर्सी र बिमस्टेकको जर्सी लगाएका उनीहरुलाई सुरक्षाकर्मीले एयरपोर्ट जानबाट नदिएको फाउन्डेसनका अध्यक्ष विकाश ठाकुरले जनाएका छन् ।

एयरपोर्टमा प्रहरीले कार्यक्रममा अवरोध खडा गरेपछि ठाकुरले तीनकुनेमा कार्यक्रम गर्ने तयारी थालेका थिए तर, त्यहाव समेत कार्यक्रम गर्न नदिइए पछि ठाकुरले चित्त दुखेको जनाएका छन् ।

नेपाल-भारतको सम्बन्ध मजबुत होस भन्ने ध्येयका साथ आयोजना गरिएको कार्यक्रममा यसरी अवरोध आउनु दुखद् कुरा भएको भन्दै अध्यक्ष ठाकुरले मोदीलाई स्वागत गर्न नपाउँदा खल्लो लागेको बताए ।

तर, ठाकुरले मोदीको स्वागत भने गरेरै छाडेको जनाका छन् । आफूले सोचेजसरी कार्यक्रम गर्न नपाएपनि स्वागत भने गरिएको उनले जनाएका छन् ।

यस्तै, ग्रेटर नेपालका फणिन्द्र नेपालले मोदीलाई कालोझण्डा देखाउन निस्कन खोजेपछि प्रहरीले पक्राउ गरेर उपत्यकाका सडकमा सुरक्षा बढाएको थियो ।

बिमस्टेकमा आउने विशिष्ट पाहुनाका लागि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षानिकाय खटिएर उपत्यकामा गस्ती गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org