ताजा समाचार

वार्षिक वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको स्वीकृति चाहिने

काठमाडाैँ १५,भदाै ।   नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई आफ्नो स्वीकृति लिएर मात्रै वार्षिक वित्तीय विवरण प्रकाशन गर्न निर्देशन दिएको छ । भुक्तानी सम्बन्धी कार्य गर्न राष्ट्र बैंकबाट अनुमति लिएका संस्थाहरुलाई चालु आर्थिक वर्षदेखि लागू हुने गरी यस्तो निर्देशन दिइएको हो ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा १०३ मा भएको व्यवस्था अनुसार विभिन्न मापदण्ड पूरा गरेर पेश गर्नुपर्ने र स्वीकृति प्रदान भएपछि मात्रै वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।

भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्थाहरु बाहेक) संघ/संस्थाहरुले सञ्चालक समितिबाट वार्षिक आर्थिक कारोबारको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गरी सोको जानकारी समेत अनिवार्य रुपमा आफूलाई दिनुपर्ने राष्ट्र बैंकले बताएको छ ।

यसैगरी आर्थिक वर्ष समाप्त भएको ४ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ । उक्त लेखापरीक्षण सञ्चालक समितिबाट निर्णय गरी १ महिनाभित्र राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org