ताजा समाचार

प्रतिनिधि सभा बैठकमा सांसद–मन्त्री प्रश्नोत्तर गते(LIVE)

काठमाडाैँ १८,भदाै । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरु र मन्त्रीबीच प्रश्नोत्तर भइरहेको छ । संसदको नियमावलीमा व्यवस्था भएबमोजिम मन्त्रीसँग सांसदहरुले सीधा प्रश्न सोध्ने कार्यक्रम राखिएको हो ।
आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिएका छन् । मन्त्रीले जवाफ दिएपछि सांसदले पुरक प्रश्न पनि सोध्न सक्नेछन् । एकदिनमा मौखिक २० वटा र लिखित ५० वटा प्रश्न सोध्न सकिने नियमावलीमा व्यवस्था छ। प्रतिनिधिसभामा २०४८ देखि २०५९ सम्म पनि प्रश्नोत्तरको कार्यक्रम रहेको थियो। संसद पुनस्थापना भएयता भने यस्तो अभ्यास भएको थिएन ।
आजैको बैठकमा ५ वटा विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ भने दुई विधेयक समितिमा पठाइनेछ।

बैठकमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५ माथि र रोजगारीको हक सम्बन्धि विधेयक २०७५, जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० पहिलो संशोधन विधेयक २०७५, सामाजिक सुरक्षा विधेयक २०७५, भूमिसम्बन्धी सातौं संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ । वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक र खाद्य अधिकारसम्बन्धी विधेयक भने समितिमा पठाइनेछ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org