ताजा समाचार

भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण तोकिएको समय सिमामा नबन्ने पक्का !

काठमाडाैँ १८,भदाै ।   २०७६ साउनदेखि व्यावसायिक उडान गर्ने घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा चार महिना लम्बिने भएको छ। भौतिक निर्माणको काम तोकिएकै समयमा सकिए पनि नागरिक उड्डयन प्राधिकरणले दोस्रो प्याकेजको काम समयमै अघि नबढाउँदा सरकारी घोषणा प्रभावित हुने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आउने असारदेखि भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने बताएका थिए।

२०७६ को जेठसम्मको समयसीमा पाएको चिनियाँ ठेकेदार कम्पनीले धावनमार्ग, टर्मिनल भवन, कन्ट्रोल टावर, धावनमार्गमा लाइटिङ सिस्टम बनाउनु पर्नेछ। उसले त्यहाँको भौतिक काम तोकिएके समयमा गरिसक्ने बताएको छ।

विमानस्थलमा उडान तथा अवतरणका लागि आवश्यक सञ्चार, सर्भि, नेभिगेशन तथा एयर ट्राफिक इक्यूपमेन्ट जडानको लागि टेन्डर आह्वान  नहुँदा तोकिएकै समयमा विमानस्थल पूर्णरूपमा तयार नहुने प्राधिकरणकै अधिकारीहरु बताउँछन्।

उक्त काममो अहिलेसम्म टेन्डर भएको छैन।

प्राधिकरणका महानिर्देशक संजिव गौतमले भने टेन्डर दस्ताबेज तयार रहेको र असोजभित्रै आव्हान हुने जानकारी दिए। भौतिक काम र डिभाइस जडानको कम सँगसँगै जानुपर्ने भएकोले तालमेल मिलाउन पर्खिएर बसेको उनको भनाइ छ।

यद्यपी जेठसम्म भौतिक काम सकिने भएपछि डिभाइज जडानको काम भने आगामी असोजसम्म तन्किने भएको छ।

टेन्डर निकालेको ९० दिन अर्थात् ३ महिनाको सुचना अवधि हुन्छ, त्यस्तै मूल्यांकनको लागि एक महिना रहन्छ। टेन्डर अवार्ड गर्दासम्म पाँच महिनाको समय लाग्छ। असोजमा टेन्डर आह्वान भएमा माघमा टेण्डर अवार्ड हुन्छ।

त्यसपछि आवश्यक इक्यूपमेन्टको निर्माण तथा तयारीको लागि कम्तीमा ४ महिना लाग्ने अधिकारीहरूको भनाइ छ। यसरी जाँदा जेठसम्म तयार हुनसक्छ।

‘जेठमा तयार भएपछि भदौसम्म त्यसको जडान कार्य तन्किन्छ भने कम्तीमा पनि १ महिना परीक्षण आवश्यक हुन्छ। त्यस हिसाबले कात्तिक-मंसिर नभइ विमानस्थल तयार हुने अवस्था छैन’ प्राधिकरणका एक कर्मचारीले भने।

प्राधिकरणका महानिर्देशक गौतम भने तोकिएकै मितिमा विमानस्थल तयार हुने बताउँछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org