ताजा समाचार

गजल-त्यही दिन देखि म अलि भुलक्कड भएको हुँ !

   गजल

कति सताउन सकेका हुन यी आखाले पनि ।।
कहिल्यैँ नछोड्ने भयो तिम्रो सम्झनाले पनि ।।

दुनियाँ सम्झाइ नथाक्ने एक्लो मान्छे हुन मेरो बा !
सम्झाउनै छोड्नु भयो अचेल मेरो बाले पनि ।।

त्यही दिन देखि म अलि भुलक्कड भएको हुँ !!
जुन दिन छोडेकि थिइन् मलाइ प्रेमिकाले पनि ।।

अझै पनि म उनको तस्बिर आखामा लिइ हिड्छु !
देख्दैन दुनियाले जतिसुकै मेरो आखा नियाले पनि ।।
नवराज स्मित
मेलम्ची -१० सि.पा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org