कहाँ कसियो नेकपाको युवा-विद्यार्थीको एकताको गाँठो ?
काठमाडाैँ २०,भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका तल्ला निकाय तथा जनवर्गिय संगठनहरुको एकताको लागि तोकिएको समय सिमा गुज्रिसके पनि एकता प्रक्रिया आजसम्म पनि टुग्याउन सकेको छैन ।
पार्टी एकता भएको लामो समयसम्म कसरत पनि कुनै किसिमको निश्कर्ष निकाल्न नसकदा, तल्ला निकायका पार्टी कमिटिहरु तथा जनवर्गिय संगठनहरुबिचमा एकता प्रक्रियामा पश्न चिन्ह खडा भएको छ । नेकपाको नेतृत्वतहमा समेत असन्तुष्टी बढेको छ ।
मुलुककै दुई ठुला पार्टीहरुबिच भएको एकता पश्चात जसरी तिव्र गतिमा एकता प्रक्रियाले मेलो समात्नुपर्ने हो समात्न सकेको छैन ।
यसरी एकता प्रक्रियाले गति नपाउँदा पार्टी तथा जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र छन् ।
कहाँ पुग्यो युवा–विद्यार्थीको एकता ?
नेकपाभित्र सबैभन्दा शक्तिशाली मानिने युवा–विद्यार्थीबिचको एकता प्रक्रियामै सहमति जुट्न सकेको छैन ।
सम्बन्धित संगठनका इन्चार्ज तथा अध्यक्षहरु रहेको कार्यदलका बैठकहरु दैनिकजसो हुने गरेको भएपनि नेतृत्व, नाम तथा झण्डा र कमिटिको संख्यामा कुरा नमिल्दा कार्यदलले पार्टीमा प्रतिवेदन बुझाउन सकेको छैन ।
वाइएसिएल नेपाल र युवा संघ नेपालबिचको कार्यदलले झण्डा र नेतृत्वबाहेक अन्य विषयमा सहमति नजिक पुगेको बताएको छ भने अखिल क्रान्तिकारी र अनेरास्ववियुबिचमा नेतृत्वमा सहमति जुट्न सकेको छैन ।
युवा नेताहरुका अनुसार युवाको कार्यदलमा अहिले झण्डाको विषयमा छलफल जारी छ । वाईसिएलले झण्डा आफ्नो र युवा संघ दुवैको नराखी नयाँ बनाउनुपर्ने अडान राखेको छ भने युवा संघले झण्डा आफ्नै हुनुपर्ने अडान राखेको छ ।
नाम, स्थापना मिति र कमिटि संख्याको विषयमा करिब सहमति नजिक रहेको वाइसिएलका अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य राम प्रसाद सापकोटा ‘दीपशिखा’ ले बताएका छन् ।
युवा संघका अध्यक्ष रमेश पौडेलका अनुसार समानताका आधारमा दुई संगठनकाबिच एकता हुनेछ । नयाँ बन्ने संगठनको अध्यक्षमा भने वाईसिएलका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ र युवा संघका अध्यक्ष रमेश पौडेल दुवैको दावी रहेको छ ।
यसैगरी दुई विद्यार्थी संगठनको कार्यदलले भने नेतृत्व बाहेक अन्य विषयमा सहमति जुटाईसकेको छ । अनेरास्ववियुको ‘यु’ लाई दिर्घ ‘यू’ बनाएर एमाले सम्बद्ध अनेरास्ववियुको नाममा सहमति जुटेको छ भने झण्डा यसअघि नै एउटै रहेकोले विवाद थिएन । ४९९ को केन्द्रिय कमिटि बनाउने सहमति गरेका दूई अखिलमा केन्द्रिय समितिका लागी दुवै संगठनबाट हुने प्रतिनिधि संख्यामा समेत सहमति जुटिसकेको छ । सहमतिअनुसार अखिल क्रान्तिकारीबाट २३९ र अनेरास्ववियुबाट २६० रहने छन् ।
यी दुई संगठनबाट पनि नेतृत्वमा दुवैतिरबाट दावी छ । अखिल क्रान्तिकारीबाट रंजित तामाङ्को दावी रहेको छ भने अनेरास्ववियुबाट महासचिव एैन महरको अध्यक्षमा दावी रहेको छ । अध्यक्ष नविना लामा सांसद भईसकेपछि उनी अध्यक्षको प्रतिष्पर्धामा छैनन् ।
तर जेजति विवादका विषयहरु रहन्छन् तिनलाइ पार्टी नेतृत्वले टुंग्याउने निर्णय नेकपाले गरेको छ ।
Comments
अरु समाचार
-
सरकारलाई दिएको समर्थन एमालेले आजै फिर्ता लिने
काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म...
-
‘उथलपुथल गर्दै लात्तिहान्ने’ उद्घोष गरेका दाहालले नै भेट्ने भए देउवा र ओलीको ‘बाघे झाप्पु’!
काठमाडौं । गत फागुन तेस्रो साता एकाएक बदलीएको सत्ता समिकरण लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘उथलपुथल...
-
नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। बुधबार बसेको कांग्रेस कार्यसम्पादन...
-
सप्तकोशीमा बहाव बढेसँगै सुनसरी र सप्तरीमा उच्च शतर्कता
काठमाडौं । सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ। जुनकुनै समयमा...
-
एमालेसँग भएकोृ सहमति अनुमोदनका लागि आज कांग्रेस बैठक
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा...
-
कृष्णमान प्रधानले १ करोड २५ लाखको चाङमुनी यौन दुर्व्यवहारको मुद्दा लुकाएको खुलासा
काठमाडौं। संवैधानिक परिषद्ले ‘जो रक्षक उही भक्षक’भनेझैँ संविधाकै हुर्मत लिएको पाईएको छ । नेपालको संविधान २०७२ को धारा २४५ को...
-
प्रधानमन्त्रीले राजीनामा दिनु उचितः एमाले अध्यक्ष ओली
काठमाडौं । वर्तमान सत्ता गठबन्धन मध्येको मुख्यघटक नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार निवासमा भेटेर...
-
निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी दर्ता
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छन्। सिंहदरबारमा मंगलबार बसेको संसदीय...
-
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एमालेसँगको सहमतिपछि देउवाले आज बिहान ९ बजे आफ्नै...