पुर्वएमालेको आन्तरिक विवादले लम्बिदैछ ,नेकपाको एकता !
प्रदेश १ मा पनि पुर्व एमालेको बल्झियो आन्तरिक विवाद
काठमाडाैँ २२,भदाै । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रदेश १ को अध्यक्षमा नाम सिफारिस गर्दा नेतृत्वले धोखाधडी गरेको भन्दै विवाद चर्किएको छ । प्रदेशको अध्यक्षमा तत्कालीन माओवादीले दाबी नगरेपछि तत्कालीन एमालेभित्रका करीव आधा दर्जन आकांक्षी देखिएका थिए ।
प्रदेश १ को पार्टी एकीकरण कार्यदलमा तत्कालीन एमालेबाट प्रदेश संयोजक भीम अचार्य र शेरधन राई थिए । पार्टीभित्रको विगतको समीकरणमा भीम आचार्य माधव नेपाल र झलनाथ खनाल समूहका हुन् भने मुख्यमन्त्रीसमेत रहेका राई केपी ओलीनिकटका नेता हुन् ।
प्रदेश १ को अध्यक्षमा जगन्नाथ खतिवडा, घनेन्द्र बस्नेत, देवराज घिमिरे, राजेन्द्र गौतम, नरेश खरेल र जयन्ती राईको नाम चर्चामा आएको थियो । तर, कार्यदलले प्रतिवेदन बुझाउने बेलामा अध्यक्षका लागि घनेन्द्र बस्नेत र देवराज घिमिरेकोमात्रै नाम सिफारिस गरिएको भन्दै विवाद चर्किएको छ ।
सिफारिस भएका दुवै नेताहरु ओलीनिकट हुन् । उनीहरुको नाम नेपाल समूहका भीम आचार्यकै प्रस्तावमा सिफारिस गरिएको स्रोतले जनाएको छ ।
प्रदेश अध्यक्षका लागि माधव नेपाल पक्षले जगन्नाथ खतिवडाको नाम अघि सारेको थियो । तत्कालीन एमालेको पोलिटब्यूरो सदस्यसमेत भएका सिनियर नेता खतिवडालाई अध्यक्षमा सिफारिस गर्न नेपाल स्वयंले भीम आचार्यलाई टेलिफोनबाट निर्देशन दिएको नेपालनिकट स्रोतले जनाएको छ ।
कार्यदलमा अर्का नेता प्रदेश मुख्यमन्त्री राईले ‘जगन्नाथजीको पनि अध्यक्ष बन्ने इच्छा छ, उहाँको पनि नाम पठाउँ न त’ भन्दा आचार्यले अश्वीकार गरेको स्रोतले जनाएको छ । आफ्नै समूहका नेताको धोखाधडीका कारण अध्यक्ष अर्को पक्षमा गएको र योग्य व्यक्तिमाथि अन्याय भएको भन्दै नेपाल समूहभित्रै असन्तुष्टि देखिएको स्रोतले बतायो ।
जगन्नाथलाई आचार्यले किन धोखा दिए ?
भीम आचार्य तत्कालीन एमालेको नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाटै सचिवमा विजयी बनेका थिए । उनी मुख्यमन्त्री बन्न भनेर प्रदेशसभा चुनाव लडे र प्रदेशको सांसद बने । ओलीनिकटका शेरधन राईसँग प्रदेशसभा संसदीय दलको नेतामा चुनाव हारेपछि आचार्यको मुख्यमन्त्री बन्ने बाटो बन्द भयो ।
अहिले आएर आचार्यले अध्यक्षका लागि दुबै ओलीनिकटकै सिफारिस गरेर माधव नेपालसँग बदला लिएको टिप्पणी आचार्यनिकट कार्यकर्ताले गरेका छन् । नेपालले फोनमा जगन्नाथ खतिवडाका लागि कडा निर्देशन दिँदासमेत आचार्यले अश्वीकार गरेको गुनासो खतिवडा निकट नेताहरुको छ ।
आचार्यलाई मुख्यमन्त्री बन्न नदिन माधव नेपाल पक्षका नेताहरुले नै भूमिका खेलेकाले अहिले उनले बदला लिएको दाबी गरिएको छ । प्रदेश १ को तत्कालीन एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत हुँदाहुँदै पनि नेपाल पक्षकै नेताहरुले शेरधन राईलाई सघाएर आचार्यलाई हराएको आरोप छ ।
जगन्नाथ खतिवडाकै सल्लाहमा जीवन घिमिरेलगायतका नेताले आचार्यलाई असहयोग गरेपछि उनी मुख्यमन्त्री बन्न नपाएकाले अहिले बदला लिइएको दाबी प्रदेशका नेताहरुको छ ।
उदयपुर–१ बाट खतिवडाले टिकट पाउने भएपछि सो क्षेत्र नै माओवादीलाई दिन आचार्यले भूमिका खेलेको आरोप छ । आफूसँग प्रतिस्पर्धामा आउन सक्ने नेतालाई तलै सिध्याउने नीतिअनुसार आचार्यले जगन्नाथ खतिवडा, रेवतीरमण भण्डारी लगायतका नेतालाई टिकटबाटै बञ्चित गरेको र अहिले प्रदेश अध्यक्ष बन्न नदिएको आरोप छ ।
आचार्यले भने आफूमाथि झलनाथ खनाल, माधव नेपाल, केपी ओलीलगायतका नेताले पटक–पटक अन्याय गरेकाले कसैले भनेको मान्न जरुरी नभएको बताउन थालेका छन् । खनालले मन्त्रीबाट बिनाकारण हटाएको र माधव नेपालले मुख्यमन्त्री बन्न नदिएको भन्दै आचार्यले आफू कुनै गुटमा नरहेको प्रतिक्रिया निकटस्थलाई दिएका छन् ।
आचार्य अहिले पनि नेकपाको स्थायी कमिटी सदस्य छन् । उनी सम्भवतः प्रदेश १ को इञ्चार्ज बन्नेछन् । ओलीनिकट नेतालाई प्रदेशको अध्यक्षमा सिफारिस गरेर इञ्चार्ज पद सुरक्षित गर्न खोजेको आरोप पनि उनीमाथि लागेको छ ।
जिल्ला कमिटी बाँडफाँटमा पनि ओली पक्षका अध्यक्ष हुने ८ जिल्लामा टुंगो लाएर अन्य जिल्ला विवादित बनाएको आरोप समेत उनीमाथि छ । ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, ताप्लेजुङ र सुनसरीको नेतृत्व कसले गर्ने भन्ने टुंगो नलगाई कार्यदलले प्रतिवेदन महासचिव बिष्णु पौडेललाई बुझाएको छ । बाँडफाँट टुंगिएका पाँचथर, इलाम, झापा, मोरङ, धनकुटामा ओलीनिकट अध्यक्ष हुँदैछन् ।
Comments
अरु समाचार
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...