ताजा समाचार

क्षेत्रीको विदाई,थापालाई महारथीको दर्ज्यानी चिन्ह (हेर्नुहोस १५ तस्विर)

काठमाडाैँ २४,भदाै ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्ने भएकी छन्।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। राष्ट्रपति भवन शितलनिवासमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री पदावधि समाप्त भएका कारण आइतबारदेखि अवकाश लिँदै छन्। अवकाशमा जानु एक महिनाअघि प्रधानसेनापति बिदा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति क्षेत्री बिदा बसेका कारण सरकारले साउन २४ गतेदेखि लागू हुने गरी रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो।

उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आइतबारदेखि नै नेपालको ४३ औं प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्नेछन्।

विसं २०१७ भदौ २५ गते लम्जुङको गाउँ शहरमा जन्मिएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए।

यसैबीच नेपाली सेनाले भोलिदेखि अवकाश पाउन लागेका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीलाई शनिबार टुँडीखेलस्थित सैनिक मञ्चमा उच्च सम्मानसहित ईज्जत अर्पण कवाज प्रदान गर्नुका साथै जंगी अड्डामा आयोजित विशेष समारोहका साथ बिदाई कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली सेनामा सहायक सेनानीबाट प्रवेश गरेका क्षेत्रले करिब ४० वर्षसम्म सेवा गर्दै प्रधानसेनापतिसमेत भएका थिएर

प्रधानसेनापति क्षत्रीले भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्दैछन्। नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति क्षत्रीलाई शनिबार बिदाई गरिएको हो।

कार्यक्रममा प्रधानसेनापति क्षेत्रीको सम्मानमा टुँडीखेलस्थित सैनिक मञ्चमा ईज्जत अर्पण कवाज प्रदान पश्चात जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति क्षत्री र कायम मुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले आ-आफ्नो धारणा राखेका थिए।

सोही अवसरमा प्रधानसेनापति क्षेत्री तथा कायम मुकायम प्रधानसेनापति थापाले सम्झना स्वरुप उपहार आदान प्रदान समेत गरेका थिए।


 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org